नेपाल सरकारले भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेपछि सीमावर्ती नाकामा रहेका व्यापारीहरू समस्यामा परेका छन्।
सीमापारि रहेका धेरै नेपाली व्यापारीहरूका अनुसार नयाँ नियमका कारण नेपालबाट किनमेल गर्न जाने ग्राहकको संख्या उल्लेखनीय रूपमा घटेको छ। ग्राहक कम हुन थालेपछि व्यापारमा ठूलो असर परेको र पसलको भाडा तिर्न समेत कठिनाइ हुन थालेको उनीहरूको गुनासो छ।
व्यापारीहरू भन्छन्, “पहिले नेपालबाट दैनिक रूपमा धेरै ग्राहक किनमेलका लागि आउँथे। तर अहिले १०० रुपैयाँभन्दा बढी सामान ल्याउँदा भन्सार लाग्ने भएपछि धेरैजसो ग्राहक आउन छाडेका छन्।”
यसको प्रत्यक्ष असर सीमापारि रहेका साना तथा मध्यम व्यवसायमा परेको व्यापारीहरू बताउँछन्। व्यापार घटेपछि दैनिक खर्च धान्न र पसलको भाडा तिर्न समेत समस्या हुन थालेको उनीहरूको भनाइ छ।
यता सीमावर्ती क्षेत्रका उपभोक्ताहरू पनि नयाँ नियमका कारण सस्तो सामान किन्ने विकल्प सीमित भएको बताउँछन्। उनीहरूले दैनिक उपभोगका सामानमा केही सहजता दिन सरकारसँग माग गरेका छन्।
सरकारले भने राजस्व चुहावट रोक्ने, आन्तरिक बजारलाई चलायमान बनाउने र स्वदेशी व्यापारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो नियम कडाइका साथ लागू गरेको बताउँदै आएको छ। तर सीमावर्ती क्षेत्रका व्यापारी र उपभोक्ताले भने यसले आफ्नो दैनिक जीवन र व्यापारमा समस्या बढाएको गुनासो गरिरहेका छन्।
भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने
