नेपाल एक कृषि प्रधान देश हो भन्ने हामि सबै सानै देखि पढ्दै र सुन्दै आइरहेका छौ । तर देशमा आज किसानहरु खेतिको समयमा कृषि मल काहा बाट ल्याउने भन्ने थाहा छैन ८००००० मेट्रिक टन बर्सेनि खपत हुने गरेकोमा ५०००००मेट्रिक टन बर्सेनि आपूर्ति भैइ रहेको छ । ३७.५ प्रतिसतको मलको कमिले गर्दा किसानहरु मर्कामा पर्दै आइरहेको र संगै कृषि क्षेत्रमा उत्पादनमा निकै कमि भै रहेको देखिन्छ ।
सरकार पर्याप्त मल खाध समयमा उपलव्ध गराउन असमर्थ रहेको किसानहरुको भोगाई र भनाइ दुवै कुराले मेल खान्छ.कतिपय नगरपालिका ,गाउपालिकाहरुमा कृषि साखा का कर्मचारीहरु आफनै मातहत मा रहेका क्षेत्रका किसानहरुलाइ चिन्दैन भने तथ्यहरु पर्याप्त भेटिन्छ,अनि कसरि प्रगति बिवरण राज्य लाइ दि रहेका छन र दिएका बिवरण कति सत्य र कति असत्य हो भनी जाच सम्बन्धित मन्त्रालयले कहिले गरेको भेटिदैन । यसको परिणाम कृषि क्षेत्र धारासाही भै रहेको राज्य आफै जिम्मेवार छन् र किसान को पुरै बेहाल भैरहेको प्रमाणहरु भेटिन्छ,घर चालाउन देखि लिएर बैंकको ऋण र केहि बचत गर्न नसकेको ले कृषि क्षेत्र किसान छोड्न बाध्य भैरहेको देखिन्छ या त खेत बाझैँ राखने गरेकाछन् जति खोला नाला भएपनि खेत सम्म सिचाई,बिधुतिकरण को उचित व्यवस्थापन गर्न नसकेको ले गर्दा हरेक कृषि उपज आयात गर्न बाध्य भएको देखिन्छ । आकासे पानिमा निर्भर भएर किसान खेति गर्न बाध्य छन् यसपाली आकासे पानि नभएको ले गर्दा दम्कल,मोटर चलाएर खेति जसो तसो किसानहरु गरिरहेको दुखेसो पोखि रहेको छन् ।
आफनै देशमा भएका मल फ्याक्ट्रीहरुलाई प्रोत्साहित गरि स्वदेशी उत्पादन जैविक मललाइ प्रयोगमा ल्याउन किसानलाइ आस्वस्थ गर्नु पर्छ यसले कृषि क्षेत्रको बिकाशमा टेवा पुर्याउछ।
