म्युनिख — युरो २०२४ को पहिलो सेमिफाइनलमा स्पेनको सामना गर्दा फ्रान्सको एउटै उद्देश्य हुनेछ, आलोचकको मुख बन्द गर्ने । यो काम सजिलो हुने छैन । किनभने स्पेन लयमा छ । आफ्नो प्रमुख खेलाडीविना पनि मजबुत देखिएको छ । केलियन एमबाप्पेले नेतृत्व गरिरिहेको प्रतिभाशाली खेलाडीको धनी फ्रान्स जर्मनी आइपुग्दा उपाधिको बलियो दाबेदार थियो ।
तर, टिमले अपेक्षाअनुसार खेल्न सकेको छैन । अहिलेसम्मको खराब प्रदर्शनको समर्थन र फुटबल पण्डितहरू खुबै आलोचना गरिरहेका छन् ।
फ्रान्स सेमिफाइनल त पुगेको छ । तर अहिलेसम्मको खेलमा ओपन–प्लेसबाट एकै गोल गर्न सकेको छैन । फ्रान्स लगातार दुई विश्वकपको फाइनल पुगेको छ । त्यसमध्ये सन् २०१८ मा रुसमा च्याम्पियन रह्यो । सन् २०२२ मा कतारमा उप–विजेतामै सीमित रह्यो । तर प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा युरोमा फ्रान्सको प्रदर्शन खासै प्रभावशाली छै
