एउटा मान्छे चौतारीमा कराएको देखें
उसकै मित्र सिंहासनमा रमाएको देखें
मित्रताको साइनो गाँस्न आएका रे उनी
मित्रवत्को सुन्दर बस्ती सडाएको देखें
आस्वसन र सपनाहरु देखाउदा मख्ख
आखिर खाना नपाएर मराएको देखें
आशाको मुना बने विकासको प्रवाहमा
सिंहासनमा आफ्नै भुडी ढडाएको देखें
कोलाहल र चिच्चाहट बढ्दै गयो जब
डिस्को अनि बारमा श्राव चढाएको देखें
देशमा शान्ती आउने भये जब
खै कस्को यहाँ आँखा लागेको देखे?
गजलकार: अजितझा
