चैत १५ गते काठ्माण्डौको तिनकुने मा भएको राजाबादिको आन्दोलन मा पत्रकार सुरेश रजक र सबिन महर्जन को ज्यान गएको थियो।त्यहा भएको घटना अति सनग्दिगध भएको प्रसस्त आधारहरु देखिन्छ। त्यहा भएको घटनाको सम्पूर्ण जिम्मा प्रदर्शनकारी माथि दिनु सरकार आफनो जिम्मेवारी बाट पन्छिन खोजिएको हो। सरकार कै ससद डा.सुनिल शर्मा को अनुसार सरकार ले अनुमति दिएकै ठाउमा आफै आसु ग्यास र गोलि किन चलाएको राष्ट्रीय गान भैरहेकै बेला सरकार को दमन को पर्दा फास गरेका छन। सरकार बाट दमन हुदा परिणाम त यस्तै हुन्छा डा.शर्मा को भनाई हो ।लुटपाट हुल दंगा हुनु राज्यका लागि राम्रो होइन तर आफनै देश को जनता लाई म्याद गुज्री सकेको आसु ग्यास प्रयोग गर्ने सरकार कस्तो गैर जिम्मेबार हुनसकेको जनता प्रति स्वास्थ संग यस्तो खेलबाड हुदा पनि सरकार को कुनै प्रतिक्रिया अहिले सम्म नयाएकोले अत्यन्त खेद जनक हो।
अनुमति दिने अनि कन्ट्रोल गर्न नसक्ने कस्तो प्रसासन हो मान्छे को भिड आउदैन भने कस्तो खुफिया एजेन्सी हो हाम्रो देश को कि प्रसासन मिस गाइड भएको अनि अनायासमा दुइ जना होनहार युवाको ज्यान गयो। यसको सम्पूर्ण जिम्मेवारी राज्य ले लिनुपर्छ ।राजाबादी ले गोलि चलाएको छैन,बिरोधका कार्यक्रमहरु देश को जुन सुकै नागरिक ले गर्नु पाउनु पर्छ भन्ने देशको संबिधानले स्पस्ट गरेको छ प्रतेक नागरिकको सुरक्षा दिन राज्यको कर्तव्य हो र पाउनु जनता को अधिकार हो जसले टेक्स तिर्यो तिय्ही पैसाले किनेको गोलि ले आफै मर्नु पर्यो यसप्रति कसैले कुरा गर्दैन,राजनितिक कुरा मात्रै गरेर दुइ जना को ज्यान फर्केर आउदैन तर चिन्तन गर्यो भने आउदो दिन मा अरु को क्षेती हुन बाट जोगिन्छ |
