मिथिला क्षेत्र—
मैथिली समुदायको परम्परागत कष्टकला र सांस्कृतिक पहिचानका रूपमा रहेको चरखा प्राचीन कालदेखि नैधागो बनाउने महत्वपूर्ण प्रविधि रहँदै आएको छ। आधुनिक प्रविधिको विकास हुनुअघि चरखाले कपास(रुवा)बाट धागो उत्पादन गर्ने प्रमुख यान्त्रिक माध्यमको रूपमा काम गरेको इतिहास छ।

त्यस समय मिथिला क्षेत्रमा रुवा खेती व्यापक रूपमा गरिन्थ्यो। यही रुवाबाट चरखाको प्रयोग गरी धागोबनाइन्थ्यो र सो धागोबाट विभिन्न किसिमका कपडा तथा वस्त्रहरू तयार पारिन्थे। यी वस्त्रहरू दैनिकजीवनसँगै धार्मिक तथा सांस्कृतिक कार्यमा समेत प्रयोग गरिँदै आएका थिए।
विशेषगरी मैथिल ब्राह्मण समुदायको ब्रतबन्ध (उपनयन) संस्कारमा चरखाबाट बनेका धागो तथा वस्त्रहरूकोविशेष महत्व रहेको पाइन्छ। यसले चरखालाई केवल घरेलु उपकरण नभई धार्मिक र सांस्कृतिकपरम्परासँग गाँसिएको धरोहरका रूपमा स्थापित गरेको छ।
समयसँगै चरखाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व अझै कायमरहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस धरोहरको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसकोमहत्वबारे जानकारी गराउनु आजको आवश्यकता हो।
यसैबीच, चरखालाई व्यावसायिक दृष्टिकोणबाट पुनः स्थापित गर्न सकिने सम्भावनाप्रति पनि चासो बढ्दैगएको छ। परम्परागत सीपको संरक्षण गर्दै यसलाई व्यवसायसँग जोड्न सके समाजमा रोजगारी सिर्जनाहुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
