गुरुदेव सन्देश छोडेर गये

कलाकारको जीवन दुःख बढी सुख कम भन्ने भोगाईबाट जन्मिन्छन् । लाखौँमा एक प्रतिभाशाली कलाकार जसले जति खेर पनि समाजलाई आफनो कला कौशलद्धारा कुनै न कुनै रुपमा प्रभाव पारिहेको हुन्छन् । मनोरञ्न मात्र नभई देश र समाजलाई एक दिशा निर्देश दिई रहेका हुन्छन् त्यस मध्ये एक थिए संगितका सर्जक स्व.गुरुदेव कामत ।
गुरुदेव भारत हुँदै संगित शिक्षामा निपुण वरिष्ठ कलाकार थिए । संसारमा आफ्नो संगितको ढंका बजाउने एक सच्चा देश भक्त कलाकार हुन भन्ने भन्नुमा कुनै संकोच गर्नु अलिक व्ययहारिक हुँदैन त्यसमा पनि यस लेवलका कलाकार जुन अन्तिम अवस्थासम्म आफ्नो देश आफ्नो जन्मभुमिलाई माया गरिराख्ने विरलै पाइन्छ । ऊ आफैँ चाहेको भए भारतमा राम्रो दाम कमाएर बस्न सक्थे तर उहाँको सोचले हजारौ नेपाली संगीतप्रेमी नेपालमा संगित सिकेर एउटा स्थान प्राप्त गर्न सफल भएका छन ्ति मद्धे एक सफल गायिका अन्जु पन्त ।


काठमाण्डौँ,इटहरी फेरी काठमाण्डाँैमा संगितालय खोलेर संगित सिकाउने आँट अरुमा कहाँ र उहाँ आर्थिक अवस्थाको अति कमजोर भएपनि सांगितिक मनोविज्ञानले धनि थिए त्यसै कारणले विरामी अवस्थामा पनि अपरेशनको दिन सारेर भए पनि मधेश प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा काठमाण्डौबाट जनकपुर आएका थिए तर बिडम्बना कस्तो आफूले पाउने पारिश्रमिक पनि समयमा नपाउँदा आज कलाकारकर्मीहरुले सोच्नु पर्ने एक नव सन्देश दिनु भएको पक्कै महशुस गरिदैछ । त्यो पनि उहाँको भिडियो सामाजि संञ्जालमा आएपछि सबैमा मधेश प्रज्ञा प्रतिष्ठानको कर्तुत समाजमा छर्लङ्ग देखिन्छ । चिठ्ठीले पठाएर अर्थमन्त्रालयबाट रकम विनियोजन नभएकोले कारण देखाई विज्ञप्तीले अझै कलाकारहरुलाई तर्साउन खोजेका हुन भन्ने सन्देश सरकारी निकाय बाट आएको प्रष्ट देखिन्छ । खोई पहल गरेको विरामी थिए गुरुदेव त मधेश प्रज्ञा प्रतिष्ठान खोई विज्ञप्ती त्यतीवेला एक विज्ञप्ती निकालेको भये अर्थमन्त्रालय रकम विनियोजन गरि दिई रहेको छैन ।


अनि मधेश प्रज्ञा प्रतिष्ठान चोखिन्थ्यो तर त्यो भएे जब गुरु देव स्व.गुरुदेव भए जुन देशमा सष्ट्राले यसरी उपचार खर्च व्योहोर्न नसकि असमयमै संसार छोडनु पर्ने बाध्यता हुन आउँछ । त्यहाँ समाज र संस्कार दुवै व्यवहारिक नभएको देखिन्छ । देशको प्रतिनिधी सभामा संसद उभेर उदाहरण दिई बोल्छन् राजनीतिक रोटि जिवन भर सेकेर अगाडी बढछ अनि कला र संस्कृति कस्तो अवस्थामा छन् भने यस्तै गुरुदेव भएर जब अन्तिम बिदाई लिन्छन् त्यसमा चर्चाको विषय बाहेक राज्य केही गर्दैन, गरेको भए आज यी सष्टा यसरी जानेवला थिएन । यो देखेर कुनै पनि बाबु आमा यो भन्दैन कि यस्तो बाटोमा जाऊ तर अब जान्नु पर्छ र राज्यलाई सचेत गराउँदै कलाकारहरुको जीवन सुरक्षित गराउन सबै लडनु पर्ने देखिन्छ । समाजका कहवैयाहहरु आज ठूलो कुरा गर्छन त्यही कलाकार अर्थले कमजोर छन भन्नेको सहयोगका लागि आफू र सरकार संग गुहार गर्न जाने फूर्सत हुदैन,यस घटनाले दर्साउछ छन् । सबैको जिवन अमूल्य हो सबैलाई हसाउने , मनोरञ्जनका साथ समाजलाई राम्रो दिशामा लैजाने कलाकार प्रति संस्कृतिक मन्त्रालय पनि उदाशिन देखिएको हो भन्ने बुझिन्छ ।कलाकार बन्नु देखि संसार छोडन सम्म कलाकारले सधै संघर्ष गरि राख्ने नै देखिन्छ हाम्रो देशमा यसलाई परिवर्तन गर्नु पर्छ भन्ने सन्देश अन्तिम बिदाईले गुरुदेव छोडेर गएका छन्
हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *