चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ ।
उक्त घटनाका क्रममा दुर्गा प्रसाईं का भनाइ अनुसार आफ्नो ज्यान जोगाउन का निमित्त प्रहरीमाथि गाडी चलाएका थिए र त्यसपछि उनी भारत गये पनि नेपाल मै छु भिडियो मार्फत भन्दै आएको थिए । घटनापछि सम्पर्कविहीन बनेका उनी प्रहरीको तिव्र खोजीको लिस्टमा थिए
फरार भएको भन्ने प्रहरीको दाबीबीच प्रसाईंले सामाजिक सञ्जालमा भिडियो सन्देशहरू सार्वजनिक गर्दै आफू लुकेर नबसेको बताउँदै आएका थिए। तर, सामाजिक सञ्जालमा सक्रिय देखिए पनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो।
तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा सुरेश रजक पत्रकार र सबिन महर्जन दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। आगजनी र तोडफोडका साथै भाट भटेनी लूट पाट का घटना पनि व्यापक रूपमा भएका थिए।
