चरखा : मैथिली समुदायको सांस्कृतिक पहिचान र आर्थिक सम्भावनाको प्रतीक

मिथिला क्षेत्र— मैथिली समुदायको परम्परागत कष्टकला र सांस्कृतिक पहिचानका रूपमा रहेको चरखा प्राचीन कालदेखि नैधागो बनाउने महत्वपूर्ण प्रविधि रहँदै आएको छ। आधुनिक प्रविधिको विकास हुनुअघि चरखाले कपास(रुवा)बाट धागो उत्पादन गर्ने प्रमुख यान्त्रिक माध्यमको रूपमा काम गरेको इतिहास छ। त्यस समय मिथिला क्षेत्रमा रुवा खेती व्यापक रूपमा गरिन्थ्यो। यही रुवाबाट चरखाको प्रयोग गरी धागोबनाइन्थ्यो र सो धागोबाट विभिन्न किसिमका कपडा तथा वस्त्रहरू तयार पारिन्थे। यी वस्त्रहरू दैनिकजीवनसँगै धार्मिक तथा सांस्कृतिक कार्यमा समेत प्रयोग गरिँदै आएका थिए। विशेषगरी मैथिल ब्राह्मण समुदायको ब्रतबन्ध (उपनयन) संस्कारमा चरखाबाट बनेका धागो तथा वस्त्रहरूकोविशेष महत्व रहेको पाइन्छ। यसले चरखालाई केवल घरेलु उपकरण नभई धार्मिक र सांस्कृतिकपरम्परासँग गाँसिएको धरोहरका रूपमा स्थापित गरेको छ। समयसँगै चरखाको प्रयोग घट्दै गए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व अझै कायमरहेको जानकारहरू बताउँछन्। उनीहरूका अनुसार यस धरोहरको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसकोमहत्वबारे जानकारी गराउनु आजको आवश्यकता हो। यसैबीच, चरखालाई व्यावसायिक दृष्टिकोणबाट पुनः स्थापित गर्न सकिने सम्भावनाप्रति पनि चासो बढ्दैगएको छ। परम्परागत सीपको संरक्षण गर्दै यसलाई व्यवसायसँग जोड्न सके समाजमा रोजगारी सिर्जनाहुनुका साथै आर्थिक समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

मिथिलाको ऐतिहासिक , सांस्कृतिक, धार्मिक पर्व बिबाह पञ्चमी

मिथिलाको ऐतिहासिक तथा सांस्कृतिक पर्व बिबाह पञ्चमी आज विभिन्न धार्मिक कार्यक्रमसहित जनकपुरधाममा भव्य रूपमा सम्पन्न […]

आर्यघाटको सार्वजनिक जग्गा अतिक्रमण को प्रयास

लक्ष्मीनिया गाउँपालिका–१, सोहनी–सिनुरजोडा स्थित आर्यघाटको सार्वजनिक जग्गामै प्रवेशद्वार छेउमा मन्दिर निर्माण गर्न खोजिएको विषयले स्थानीय […]

प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गरिसकेको स्वनिरिक्षण प्रतिवेदन नबुझाएको उधोग कारवाहीमा जाने।

 वायुमण्डलमा भै रहेका असरहरूलाई ध्यानमा राखि प्रदेश सरकार  पर्यटन वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशका […]

दुर्गा प्रसाईं पक्राउ

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका […]

सगरमाथा संवादको समयमा नै मोदीले युरोपको भ्रमण गर्ने कार्यक्रम नेपाल नआउन।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने बताएका छन् । […]

डा.सुनिल शर्मा को अनुसार सरकार ले अनुमति दिएकै ठाउमा आफै आसु ग्यास र गोलि किन चलाएको

चैत १५ गते काठ्माण्डौको तिनकुने मा भएको  राजाबादिको आन्दोलन मा पत्रकार सुरेश  रजक र सबिन […]