मुक्तिनाथ विकास बैंकद्वारा श्री माध्यमिक विद्यालय, इच्छापुरमा झोला तथा स्टेशनरी सामग्री वितरण

धनुषा, २०८२/११/१५ — Muktinath Bikas Bank को जनकपुर क्षेत्रीय कार्यालय (Janakpur Regional Office) को आयोजनामा सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–९, इच्छापुरस्थित श्री माध्यमिक विद्यालय, इच्छापुर का विद्यार्थीहरूलाई झोला तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा सहयोग पुर्‍याई विद्यार्थीहरूको पठनपाठनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

भानुचोक, पिडारीचोक तथा बर्दिवास शाखाका शाखा प्रमुखहरू तथा जनकपुर क्षेत्रीय कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा जनकपुर क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत उमानाथ विक र पिडारीचोक शाखाका शाखा प्रबन्धक श्याम महासेठ ले शिक्षा नै राष्ट्र निर्माणको मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँहरूले बैंकले वित्तीय कारोबारसँगै स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र भविष्यमा पनि जनकपुर क्षेत्रीय कार्यालयमार्फत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा विद्यालय परिवार तथा स्थानीय प्रतिनिधिहरूले बैंकको यस पहलप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवासँगै सामाजिक तथा सामुदायिक विकासका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *