कृषि मल र सिचाईको अभावले किसान त्रसित

नेपाल एक कृषि प्रधान देश हो भन्ने हामि सबै सानै देखि  पढ्दै सुन्दै आइरहेका छौ । तर देशमा आज किसानहरु खेतिको समयमा कृषि मल काहा बाट ल्याउने भन्ने थाहा छैन ८००००० मेट्रिक टन बर्सेनि खपत हुने गरेकोमा ५०००००मेट्रिक टन बर्सेनि आपूर्ति भैइ रहेको । ३७. प्रतिसतको मलको कमिले  गर्दा किसानहरु मर्कामा पर्दै आइरहेको संगै कृषि क्षेत्रमा उत्पादनमा निकै कमि भै रहेको देखिन्छ । 

सरकार पर्याप्त मल खाध समयमा उपलव्ध गराउन असमर्थ रहेको किसानहरुको भोगाई भनाइ दुवै कुराले मेल खान्छ.कतिपय नगरपालिका ,गाउपालिकाहरुमा कृषि साखा का कर्मचारीहरु आफनै मातहत मा रहेका क्षेत्रका किसानहरुलाइ चिन्दैन भने तथ्यहरु पर्याप्त भेटिन्छ,अनि कसरि प्रगति बिवरण राज्य लाइ दि रहेका छन दिएका बिवरण कति सत्य कति असत्य हो भनी जाच सम्बन्धित मन्त्रालयले कहिले गरेको भेटिदैन । यसको परिणाम कृषि क्षेत्र धारासाही भै रहेको राज्य आफै जिम्मेवार छन् किसान को पुरै बेहाल भैरहेको प्रमाणहरु भेटिन्छ,घर चालाउन देखि लिएर बैंकको ऋण केहि बचत गर्न नसकेको ले कृषि क्षेत्र किसान छोड्न बाध्य भैरहेको देखिन्छ या खेत बाझैँ राखने गरेकाछन् जति खोला नाला भएपनि खेत सम्म सिचाई,बिधुतिकरण को उचित व्यवस्थापन गर्न नसकेको ले गर्दा हरेक कृषि उपज आयात गर्न बाध्य भएको देखिन्छ आकासे पानिमा निर्भर भएर किसान खेति गर्न बाध्य छन् यसपाली आकासे पानि नभएको ले गर्दा दम्कल,मोटर चलाएर खेति जसो तसो किसानहरु गरिरहेको दुखेसो पोखि रहेको छन् । 

आफनै देशमा भएका मल फ्याक्ट्रीहरुलाई प्रोत्साहित गरि स्वदेशी उत्पादन जैविक मललाइ प्रयोगमा ल्याउन किसानलाइ आस्वस्थ गर्नु पर्छ यसले कृषि क्षेत्रको बिकाशमा टेवा पुर्याउछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *