लक्ष्मीनिया गाउँपालिका–१, सोहनी–सिनुरजोडा स्थित आर्यघाटको सार्वजनिक जग्गामै प्रवेशद्वार छेउमा मन्दिर निर्माण गर्न खोजिएको विषयले स्थानीय बासिन्दाहरूले कडा आपत्ति जनाएका छन्।
स्थानीयवासीका अनुसार उक्त स्थान आर्यघाटको मूल प्रवेशद्वार भएको र त्यहाँ मन्दिर निर्माण गर्ने नाममा सार्वजनिक भूमिमा अतिक्रमण गर्ने प्रयास भइरहेको थियो। सो आशंका प्रस्ट भएपछि सोहनी टोलका सर्वसाधारणले काम रोकेका हुन्।

यो घटनाले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बद्ध निकायप्रति जनताले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयवासीहरूले सार्वजनिक जग्गा जोगाउनुपर्ने जिम्मेवारी बोकेको सरकारी संयन्त्र र जनप्रतिनिधि स्वयंले यस्तो गतिविधि हुन दिएकोमा “धन जायोस्” भन्दै कडा आलोचना गरेका छन्।
स्थानीयहरूका अनुसार आर्यघाट जस्तो महत्वपूर्ण सार्वजनिक संरचनाको प्रवेशद्वारमै संरचना बनाउन खोजिनु स्वयं सार्वजनिक उपयोगमा प्रत्यक्ष अवरोध सिर्जना गर्ने कार्य हो र यसलाई कुनै पनि बहानामा स्वीकार्न नसकिने उनीहरूको भनाइ छ।
